एनआरएनए सह–कोषाध्यक्षमा युकेबाट ललित न्यौपानेको उम्मेदवारी , के छन न्यौपानेको एजेण्डा ?



हाम्रो इकोनोमि

 

 

गैरआवासयि नेपाली संघ एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह(कोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने जनाएका छन । एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदमा करिब एक दशकसम्म कार्यकारी सदस्य, सहकोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेबारी सफलतापुर्बक निर्वाह गरिसकेका न्यौपानेसँग एक कार्यकाल आइसीसी सदस्य ९२०१९–२०२१० पदमा रही कार्य गरेको अनुभब पनि रहेको छ । नेपालमा राष्ट्रिय बाणिज्य बैंकमा प्रबन्धकको जिम्मेवारी निभाएका न्यौपानेले करिब ३५ बर्ष बित्तिय क्षेत्रमा कार्य गरेको अनुभब छ । हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपाने अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र क्रिप्टोकरेंसीलगायतका क्षेत्रमा ब्यबसाय संचालन गरिरहेका छन । एमए, बिएलसम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूचि राख्छन् ।

 

पशुपति मन्दिर लण्डनको ट्रस्टी मेम्बर रहेका न्यौपानेले जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका थिए । उनी अन्तरास्ट्रिय स्तरमा क्रियाशिल ‘प्रो इलाइट क्लब’ मा पनि सक्रिय छन् । जीवन बिज्ञानको माध्यमबाट सबैलाई मन, विचार र कर्म स्वस्थ्य र शुद्ध राख्न तथा प्रो इलाइट क्लब मार्फत लगानी सम्बन्धि ज्ञानका अनुभव बाड्दै सबैलाई सम्बृद्ध बनाउन क्रियासिल रहेका छन । सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतस्थित धेरै संघसंस्थामा सल्लाहकारका रुपमा कार्यरत छन । सामाजिक संस्थाहरुमा मन खोलेर आर्थिक सामाजिक सहयोग गर्ने सहयोगी मनका धनिका रुपमा बेलायतमा चिनिएका छन न्यौपाने ।

 

बिस्वको ४९ रास्ट्र भन्दा बढी राष्ट्रहरुमा संजाल रहेको अन्तरराष्ट्रिय झापाली समाजका बर्तमान उपाध्यक्ष रहेका छन न्यौपाने । संस्थाको अन्तरिक सुशासन, पारर्दर्सिता, आत्मनिर्भरता, एकता, संघको प्रभावकारितामा बिसेष पहल गर्ने बिबिध योजनासहित सामाजिक र वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभब संघमा लगाउने उद्देस्यले एनआरएनए एनसिसीको सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । न्यौपानेले विश्वमा रहेका गैरआवासिय नेपालीलाई आफुलाई समर्थन गर्न आग्रह गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...