गौरीशंकर क्याम्पसको अन्तक्र्रिया कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

 

दोलखा जिल्लाको गौरीशंकर बहुमुखी क्याम्पसले व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाई संचालनको अनुमती पाएसँगै शैक्षिक गुणस्तरका लागि राय सुझाव लिन राजधानीमा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै पूर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले जिल्लाको प्रतिष्ठा बनेको क्याम्पसको समग्र शैक्षिक गुणस्तर सुधार एवं प्रतिस्पर्धाका लागि शैक्षिक दीग्गजहरु राखेर कार्यपत्रसहितको कार्यक्रम गर्नुपर्ने बताउनुभयो । त्यस्तै प्रदेश सभा सदस्य विशाल खड्काले यो क्याम्पस दोलखाको साझा पहिचान भएकाले एकिकृत रुपमा लाग्न आवश्यक भएको बताउनुभयो। कार्यक्रममा बोल्दै एमाले सांसद शान्ती पाख्रीनले व्यवस्थापन विषयसँगै अन्य प्राविधिक शिक्षालाइ पनि जोड दिन आग्रह गर्नुभयो ।

 

त्यसैगरि नेपाली कांग्रेस दोलखा जिल्लाका सभापति रुद्र बहादुर खड्काले आगामी दिनमा क्याम्पसले दुरदराजमा रहेका विद्यार्थीलाइ सहज र सुलभ ढंगले शैक्षिक व्यवस्था गर्नुपर्ने सुझाव राख्नुभयो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. हरीदर्शन श्रेष्ठले क्याम्पसमा ग्रामिण विकासको अध्ययन पनि संचालन गर्न सुझाँउदै विश्वविद्यालयबाट विभिन्न विधाका प्रोफेसरहरुलाइ अतिथिको रुपमा निश्चित समयका लागि पारिश्रमिक दिएर प्राध्यापनमा लान सके झनै व्यवस्थापन पक्ष र विद्यार्थीलाइ फाइदा पुग्ने बताउनु भयो ।

 

कार्यक्रममा स्थानिय तहले अबका दिनमा शैक्षिक संस्था खोल्नुभन्दा भएको शैक्षिक संस्थामा छात्रवृत्तिको व्यवस्था गराउनु पर्ने,जिल्लालाइ शैक्षिक हब बनाउन सबै मिलेर लाग्नुपर्ने, संस्थागत सहयोग र समन्वय आवश्यक भएको जस्ता सुझाव राखेका थिए । कार्यक्रममा प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत,वरिष्ठ अधिवक्ता मुक्ति प्रधान,क्याम्पस संस्थापकहरु आत्मकृष्ण श्रेष्ठ ,बैकुण्ठ प्रधान, देवेन्द्र राज शर्मा,सुन्दर खड्का, दिव्य ध्वज कार्की, संस्कृतिविद् , संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा क्याम्पस संचालन समिति अध्यक्ष राजेन्द्र मानन्धरले विज्ञहरुको सुझावलाइ मनन गर्दै आगामी दिनमा यस्को शैक्षिक गुणस्तर एवं प्रतिस्पर्धाका लागि काम गर्ने बताउनु भयो । उहाँले क्याम्पसको स्थापनाका निम्ति अमुल्य योगदान दिने सबै अग्रजहरुको सम्मान र इतिहासको जगेर्ना गर्न पुस्तिका निकाल्ने तयारी भएको पनि जानकारी गराउनुभयो ।

 

त्रिभुवन विश्व विद्यालयले विभिन्न जिल्लाका २३ सामुदायिक क्याम्पसहरुलाई व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाउन अनुमति दिए संगै दोलखाको चरिकोटस्थित गौरीशंकर क्याम्पसमा पनि यो विषयमा पढाई सुरु हुन लागेको हो। भदौ देखि सुरु हुने व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पढ्न छिमेकी जिल्ला रामेछाप र सिन्धुपाल्चोकमा जिल्लाका विद्यार्थी समेत आउन सक्ने अपेक्षा समितिले राखेको छ । करिब ११ सय विद्यार्थी र २५ जना प्राध्यापक रहेको यो क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका विषयहरुमा स्नातकोत्तर तहसम्म अध्ययन भैरहेको छ ।

 

साथै क्याम्पस समाजशास्त्र विषयमा पनि स्नातकोत्तर सञ्चालन गर्ने प्रक्रियामा रहेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । सीप, प्रविधि र गुणस्तरीयता समावेसी शिक्षा, हाम्रो प्रतिवद्धता भन्ने नारा बोकेको यो क्याम्पस २०३८ साल माघ ६ गते उद्घाटन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...