८ गतेदेखि निजी सवारी जोर–बिजोर चल्ने, के-के खुल्ने भए



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकामा पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते सकिँदैछ । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्नभन्दै वैशाख १६ गते एक साताका लागि लगाइएको निषेधाज्ञा पटक–पटक थप गर्दै असार ७ सम्म पुर्याइएको हो । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को संयुक्त बैठक बस्दैछ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आज अपरान्ह ४ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्न लागेको हो ।

उहाँले बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने बताउनुभयो । हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्। खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि फेरि थप्ने तयारी गरिएको हो । कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिले स्मार्ट लकडाउन गर्ने निर्णय गरिसकेको छ । सोही अनुसार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी कम भीड हुने व्यवसाय खुला गर्ने तयारी भएको छ ।

यस्तै हार्डवेयर पसल सञ्चालनको समयअवधि बढाउने विषयमा पनि छलफल चलिरहेको छ । यसको निर्णयका लागि आज प्रजिअहरुको बैठक बस्दैछ । अनलाइन कक्षा चलिरहेकाले अध्ययनका लागि मोबाइल तथा कम्प्यूटरको माग बढेकाले जनस्वास्थ्यको मापदण्ड पालना गरि यी पसलहरु खोल्ने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । यस्तै निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने तयारी भएको उहाँले बताउनुभयो । सार्वजनिक सवारीको हकमा भने जनस्वास्थ्यका मापदण्ड पालना गराउन कठिन हुने भएकाले तत्काल खोल्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

‘हामीले कुनै पनि निर्णय गर्दा वस्तुनिष्ठ, व्यवहारिक र स्वनियन्त्रित तरिकाबाट नागरिकले पालना गर्न सक्ने व्यवस्था लागू गर्ने कोशिश गरेका छौं। अहिलेको अवस्था हेर्दा पूर्ण रुपमा बन्द छैन र खुला पनि छैन उहाँले भन्नुभयो, ‘हरेक नागरीकले आफ्नो स्वास्थ्यको ख्याल गरि सहज भएको वातावरणमा पनि जनस्वास्थ्यका मापदण्डलाई पालना गरि रोग नियन्त्रण राज्यलाई सघाउन अनुरोध गर्दछु ।’

उहाँका अनुसार अत्यावश्यक सरकारी कार्यालयहरु पनि खोल्ने तयारी भएको छ भने ब्यूटी पार्लर, कष्मेटिक पसल, पार्टी प्यालेस, विद्यालय, सिनेमा हल, सार्वजनिक स्थान, सार्वजनिक यातायातहरु भने खुल्ने छैनन् । यसअघि किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु, ग्यास, हार्डवेयर पसल, वर्कशपहरु निश्चित समय तोकेर सञ्चालन गर्न दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...