पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। खनालको ज्वरो कम हुँदै गएको छ। ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, एमाले नेता सुरेन्द्र पाण्डेले भने। उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ। ‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ। स्वास्थ्य अवस्था ठीक छ’, उनले भनेका छन्, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’ नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको हो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...