झलनाथ खनालको ‘मिर्गौला फेल’, आज दिल्ली लगिँदै



हाम्रो इकोनोमि

 

 

केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । स्वास्थ्यमा विभिन्न जटिलता उत्पन्न भएपछि परिवारको निर्णयमा दिल्ली लैजान लागिएको हो । लगातार ज्वरो आएपछि खनाललाई तीन दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गयो । उनमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले बताएको छ ।

गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो । त्यसबेला झलनाथको सचिवालयले समाचारको खण्डन गरेको थियो । तर, नर्भिक अस्पताल स्रोतले भने मिर्गौला फेल भएको पुनःपुष्टि गरेको छ । ‘अहिले उहाँलाई देखिएको समस्या भनेको मिर्गौला फेल भएपछि हुने समस्या हो । उहाँको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । त्यसैले अक्सिजनको नियमित सपोर्टमा राख्नु परेको छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार हिजो उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्टमात्रै लिन सक्यो । यसको अर्थ उनको मुटुले राम्रो काम नगरिरहेको चिकित्सकले बताएका छन् । यसैगरी पिसाबमा पनि इन्फेक्सन देखिएको छ । नर्भिकले झलनाथको यहीँ उपचार सम्भव भएको बताए पनि परिवारले भने दिल्ली लैजाने निर्णय गरेका छन् ।

‘हामीले उपचार गर्न सक्छौं भनेका हौं । तर, उहाँहरुले पहिलेदेखि एपोलोमा देखाइरहनु भएको रहेछ । अहिले पनि एपोलोको डाक्टरसँग कुरा गर्नुभयो र डाक्टरको सल्लाहमा नै लैजान लाग्नुभएको हो,’ स्रोतले भन्यो । खनाललाई एक महिना अगाडि मात्रै कोरोना संक्रमण भएको थियो । त्यसबेला उनी नर्भिक अस्पतालमा नै उपचार गराएर घर फर्केका थिए । अहिले ‘पोस्ट कोरोना’ को समस्या हो कि भनेर सुरुमा आँकलन गरिए पनि त्यस्ताे नदेखिएको अस्पताल स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...