आगोले जलाइएकी महिला काठमाडौ ल्याइयो



हाम्रो इकोनोमि

 

 

 

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा अज्ञात व्यक्तिले आगो लगाउदा जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लामा उहाँको उपचार गर्न सम्भव नभएपछि थप उपचारकालागि उनलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको मन्त्री आलेका स्वकीय अधिकृत धिमलाल जोशीले जानकारी दिनुभयो ।

अज्ञात व्यक्तिले यहि जेठ १२ गते बुधबार राती १२ बजे आफ्नै घरमा सुतीरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा उनी जलेर गम्भीर घाइते भएकी थिइन । आगोले जलेर गम्भीरु घाइते भएकी भाटको ६० प्रतिसत सरीरको भाग आगोले जलेको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन् । हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएकी नीज भाटको किर्तिपूर स्थित वर्न अस्पतलामा उपचार गरिने भएको छ । उनको उपचार सरकारी खर्चबाट नै गरिने बताइएको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा अर्थमन्त्री विष्णु पौडेल तथा गृह सचिब महेश्वर न्योपानेको समन्वयमा निजलाई थप उपचारका लागि काठमाडौ ल्याइएको हो । मन्त्री आलेले उनको उपचारका लागि रु २५ हजार समेत व्यक्तिगत रुपमा प्रदान गर्नु भएको छ । घटना कसले घटाएको हो भन्ने विषयमा अहिले सम्म पनि कुनै कुरा खुलेको छैन यद्दपी घटना घटे लगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट भने फरार रहेकाले श्रीमानले नै घटना घटाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...