उपत्यकाका ३ जिल्लामा निषेधाज्ञाको तयारी



हाम्रो इकोनोमि

 

उपत्यकामा कोरोनाभाइरस संक्रमण जटिलतातर्फ उन्मुख भएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । भाइरस रोकथामका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारे बैठकमा छलफल हुने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा (लकडाउन)बारे पनि छलफल हुनेछ ।

गृहसचिवसँग समन्वय गरेर आज बेलुकासम्म एउटा टुंगोमा पुग्ने जानकारी दिँदै काठमाडौं प्रजिअ पराजुलीले उपत्यकामा भाइरस संक्रमण ब्यापक बढेको निष्कर्षमा आफूहरु पुगेको जानकारी दिए । ‘आज नै गृहसचिवसँग छलफल गरेर बेलुकासम्म केही निर्णय हुन्छ’ पराजुलीले नेपालप्रेससँग भने ।

सार्वजनिक यातायात बन्द गर्ने, सपिङ मल, रेष्टुरेन्ट समेत बन्द गर्ने बारेमा समेत छलफल हुने उनले जानकारी दिए । सरकारले यसअघि नै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकाका तीन जिल्लासहित मुलुकका ९ सहरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । आजै ५ बजे मन्त्रिपरिषद् बैठक समेत बस्दैछ । मन्त्रिपरिषद् बैठकले भाइरस रोकथामका लागि नयाँ प्रतिबन्धहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...