अमेरिकामा तनाव, २ शहरमा कर्फ्यू



हाम्रो इकोनोमि

 

 

प्रहरीको गोलीले अश्वेत युवाको निधनपछि चर्किएको प्रदर्शनलाई मध्यनजर गरेर अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा कर्फ्यू घोषणा गरिएको छ ।  प्रदर्शनबाट हुनसक्ने सम्भावित क्षति आकलन गरेर यी दुवै शहरका मेयरले कर्फ्यू घोषणा गरेका हुन् । बीबीसीका अनुसार, कर्फ्यू रातको समयमा मात्र लाग्नेछ ।  २० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लंघनको अभियोगमा प्रहरीले गाडीबाट निकालेर सोधपुछ गरेको थियो ।

सोक्रममा प्रहरीले उनको हातमा हत्कडी लगाउन खोजेको थियो । तर उनी भागेर गाडीभित्र पसेका थिए । त्यही बेला प्रहरीले प्रहरीले संयमता गुमायो र उनीमाथि गोली दाग्यो ।  गोली लागेर उनी घाइते भए । र, घाइते अवस्थामा गाडी चलाएर अघि बढ्ने क्रममा दुर्घटनामा परेर उनको ज्यान गयो ।  प्रहरीले यसलाई दुर्घटना भनेको छ । नियतवश नभई खिचातानीका कारण यस्तो घटना हुन पुगेको प्रहरी दाबी छ ।

तर उक्त घटनामा सहभागी एक प्रहरीको क्यामेरामा कैद भिडियोमा प्रहरीले गोली हानेको दृश्य कैद छ ।  आइतबार प्रहरीले सार्वजनिक गरेको भिडियोमा गोली हान्ने प्रहरीले मैले गोली हानेँ भनेको सुनिन्छ । प्रहरीले यस्तो जिकिर गर्दै संलग्न महिला प्रहरीलाई बिदा गरे पनि अमेरिकाभर प्रदर्शन भइरहेका छन् । मिनियापलिस र सेन्ट पलमा भने प्रदर्शन अलि बढी नै चर्केको छ ।  घटनाप्रति अमेरिका राष्ट्रपति जो बाइडले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...