काठमाडौंमा फेरि भेटियो बर्डफ्लू



हाम्रो इकोनोमि

 

काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू फेला परेको छ । पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका व्यवसायिक कुखुराको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमूना परीक्षण गर्दा बर्ड फ्लु प्रमाणित भएको हो ।

रोग देखिएको क्षेत्रमा ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोईलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५७० अण्डा र ३ हजार के.जी. दाना नष्ट गरिएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुल्ला रूपमा गरिने पन्छीपालनलाई निरूत्साहित
गर्न/गराउन र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन पनि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...