प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कार्यकर्ता भेला सम्पन्न



 

सिड्नीको रकडेल स्थित इन्द्रेणी फङ्सन् सेन्टरमा प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कार्यकर्ता भेला सम्पन्न भयो । नेकपा स्थायी समिती सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका केन्द्रीय सदस्य एवं न्यू साउथ वेल्स राज्य इन्चार्ज केशव जोशीले गर्नुभएको थियो । भने कार्यक्रम संचालन मञ्चका प्रवक्ता सन्तोष दाहालले गर्नुभएको थियो । सञ्चालनमा सहयोगी भूमिका मा केन्द्रीय सदस्य दिवाकर् काफ्ले हुनुहुन्थ्यो | भेलामा बिशेष अथितिको रुपमा प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे रहनुभएको थियो | कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री गुरुङले जूम मार्फत भर्चुअल रुपमा गर्नुभएको सम्बोधनमा नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको कदम सहि रहेको भन्दै प्रधानमन्त्रीको साथै पार्टीको उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली नै रहेको बताउनुभयो । गुरुङले प्रधानमन्त्रीको कदमलाई देश तथा तथा विदेशमा रहेका नेपालीहरुले साथ दिनु पर्ने कुरामा जोड दिनुभयो ।

.कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको केन्द्रीय सचिवालय, सचिव, प्रवक्ता , इन्चार्ज थप गरिएका केन्द्रीय सदस्यहरु र न्यू साउथ वेल्स राज्य कमिटीको घोषणा पनि गरिएको थियो घोषित सम्पूर्ण कमिटीका सदस्यहरुलाई अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो.। उक्त अबसरमा बोल्दै अध्यक्ष पाण्डेले प्रधानमन्त्री केपी ओलिले चालेको कदम संबैधानिक रहेको र प्रधानमन्त्रिको सम्ब्रिद्द नेपाल सुखी नेपालीको राष्ट्रिय अभियान मा प्रबासी नेपालीहरुको साथ् र सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै आफुहरु सधैं नेपालको बिकास र प्रगती देख्न चाहने हुँदा त्यो केपी ओलिबाट मात्र सम्भब रहेको धारणा राख्नुभयो । भेलामा गैह्र आवसीय नेपाली संघको अष्ट्रेलिया न्यू साउथ वेल्स कोर्डिनेटर देव्-गुरुङ गैरआवासीय नेपाली संघ ओसियाना कोर्डिनेटर होम पाण्डे प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका सल्लाहाकारहरु भवानी ओली र डा. विनोद विनोद श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तब्य प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका केन्द्रीय सदस्य अनिल खड्का ले गर्नुभएको थियो ।

.भेलामा घोषणा गरेअनुसार प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको सचिवको जिम्मेवारी केन्द्रीय सदस्य शिशिर नेपाल र प्रवक्तामा केन्द्रीय सदस्य सन्तोष दाहाल ले पाउनुभएको छ भने केन्द्रीय सदस्यहरु केशव जोशी, राम रानाभाट, राजु उपध्याय् र चिनबहादुर नेपालीले क्रमशः NSW/ACT,VIC/TAS, SA/WA , QLD को इन्चार्जको भूमिका पाउनुभएको छ ।त्यसैगरी प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले ३३ सदस्यिय केन्द्रीय सचिवालय गठन गरेको जनाएको छ जसअनुसार केन्द्रीय सचिवालय सदस्यहरुमा रमेश पाण्डे, मान्डब कार्की,राम रानाभाट, केशव जोशी, सन्तोष दाहाल, शिशिर नेपाल, दिपक पहारी, भुवन पाण्डे, राजु उपध्याय्, बि एन मन्डल् ,प्रकाश पन्थी, रामप्रसाद घिमिरे, टि एन आर्यल, गोमा मैनाली, बालगोपाल उपध्याय्, रमेश थापा, चिन् नेपाली, उत्तम अधिकारी, हेम खनाल, दिनेश भट्टराई, तेजेन्द्र मल्ल, होमनाथ निरौला, सिता केसी थापा , अरुण श्रेष्ठ, अशिम कोइराला , कृष्ण गैरे र कृष्ण सापकोटा रहनुभएको छ । भने थप गरिएका केन्द्रिय सदस्यहरुमा उदेश राइ, चन्डिका ओली ओडरी, मदन गोर्खाली, गणेश मल्ल ठकुरी, सुशिल पोखरेल र दिनेश पाण्डे रहनुभएको छ।

त्यस्तै भेलामा ५१ सदस्य न्यू साउथ वेल्स राज्य कमिटी घोषणा गरिएको छ जसको संयोजकमा कृष्ण सापकोटा, उप-संयोजकमा सिताराम् घिमिरे र सचिवमा शिव पौडेल रहनुभएको छ ।क्षेत्रीय संयोजकहरुको को रुपमा दिबाकर् काफ्ले ,कृष्ण गैरे, नरविर नेम्वाङ, कृष्ण निरौला, दिपक पहारी, विशाल रानामगर, अर्जुन पौडेल, प्रशान्त भण्डारी र प्रेम दाहाल रहनुभएको छ भने सदस्यहरुमा सुरेन्द्र न्यौपाने, किशोर लामा, सफल पोखरेल, नबिन खनाल, अर्जुन धिताल , दीपक अधिकारी, प्रकाश पौडेल, नबिन प्रसाइ, बिशालजित अधिकारी, विकास उप्रेती, अन्जन सोनी सुनार , सन्तोष तिवारी, मोहन भण्डारी, अशिश बराल, हरी भट्टराई अशोक उप्रेती, सुमन ओली, रमेश अधिकारी, जनक पाण्डे, डा. पर बहादुर पुन , दिर्ग जङ तामाङ, सुशील पौडेल , प्रशन्न दाहाल , विश्व सुवेदी, अर्जुन गैरे , सुशिल आर्यल, रवी श्रेष्ठ, सरोज सुबेदी, दिपक ओझा , ॠषि सापकोटा, तारा गुरुङ, जय थापा, शसाङ्क बस्याल, सन्जीव न्यौपाने र नमराज् राना रहनुभएको छ । कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति केशब जोशिले आफुले अहिले सम्म प्रधानमन्त्री ओली यस्तो आटिलो विद्वान र प्रतिबद्द नेपाली अरु प्रधानमन्त्रिहरुमा नदेखेको र अहिले ओलिले चालेको कदम प्रतिगमन नभै अग्रगामी भएको धारणा राख्नुभयो भने नव नियुक्त सचिव शिशिर नेपाल र एनएस डब्लु संयोजकमा कृष्ण सापकोटाले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्