पुर्व सहायक मन्त्रीको उपचारकालागि आर्थिक सहयोग



हाम्रो इकोनोमि

 

 

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुर जिल्ला पुनरवास नगरपालिका–५ का स्थानीयबासी बिज्ञान तथा वातावरण मन्त्रालयका पूर्व सहायक मन्त्री लालबहादुर बिकलाई आर्थिक सहयोग गर्नु भएको छ । ब्रेन स्ट्रोक रोगले पीडित भइ काठमाडौँमा रहेको स्पार्क हेल्थ होम अस्पतालमा लामो समयदेखि उपचार गराइ रहनु भएका उहाँलाई उपचारमा आर्थिक समस्या भएको खबर पाएपछि मन्त्री आलेले अस्पतालमै गएर उपचारका लागि आर्थिक सहयोग गर्नु भएको उहाँका स्वकीय अधिकृत धिमलाल जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्व मन्त्री ज्युलाई बिरामी भएको जानकारी पाएपछि वन मन्त्री ज्युले अस्पतालै गएर भेटघाट तथा स्वास्थ्य अवस्था बुझनु भयो र केही आर्थिक सहयोग पनि दिनु भएको छ ।”

बिगत लामो समयदेखि सुगर तथा प्रेसर रोगले थला पर्नु भएका पूर्व सहायक मन्त्री विकको उपचारका लागि अझै ५÷६ महिना जती लाग्ने उपचारमा संलग्न डाक्टरहरुले सल्लाह दिएको उहाँका छोरी ज्वाइँ कमल बिकले जानकारी दिनुभयो । बिकको सरीरको दाहिने पाटो नचल्ने अवस्थामा रहेको र बोलीमा प्रष्टता नभएपनि सुधार हुने क्रम जारी रहेको स्पार्क हेल्थ होम अस्पताल डा सुनील पौडेलले जानकारी दिनुभयो । पूर्व सहायक मन्त्री बिक जातिय जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गराउन पहल गर्ने प्रमुख व्यक्ति रहेको उहाँका परिवारले जनाएको छ । उहाँको उपचारमा दैनिक रु ८ देखि ९ हजार सम्म खर्च आउने गरेको बताइएको छ । उपचारमा आर्थिक अभाव भएपछि उहाँका परिवारले आर्थिक सहयोगका लागि सबैमा आग्रह समेत गरेका छन् । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...