पुर्व सहायक मन्त्रीको उपचारकालागि आर्थिक सहयोग



हाम्रो इकोनोमि

 

 

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुर जिल्ला पुनरवास नगरपालिका–५ का स्थानीयबासी बिज्ञान तथा वातावरण मन्त्रालयका पूर्व सहायक मन्त्री लालबहादुर बिकलाई आर्थिक सहयोग गर्नु भएको छ । ब्रेन स्ट्रोक रोगले पीडित भइ काठमाडौँमा रहेको स्पार्क हेल्थ होम अस्पतालमा लामो समयदेखि उपचार गराइ रहनु भएका उहाँलाई उपचारमा आर्थिक समस्या भएको खबर पाएपछि मन्त्री आलेले अस्पतालमै गएर उपचारका लागि आर्थिक सहयोग गर्नु भएको उहाँका स्वकीय अधिकृत धिमलाल जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्व मन्त्री ज्युलाई बिरामी भएको जानकारी पाएपछि वन मन्त्री ज्युले अस्पतालै गएर भेटघाट तथा स्वास्थ्य अवस्था बुझनु भयो र केही आर्थिक सहयोग पनि दिनु भएको छ ।”

बिगत लामो समयदेखि सुगर तथा प्रेसर रोगले थला पर्नु भएका पूर्व सहायक मन्त्री विकको उपचारका लागि अझै ५÷६ महिना जती लाग्ने उपचारमा संलग्न डाक्टरहरुले सल्लाह दिएको उहाँका छोरी ज्वाइँ कमल बिकले जानकारी दिनुभयो । बिकको सरीरको दाहिने पाटो नचल्ने अवस्थामा रहेको र बोलीमा प्रष्टता नभएपनि सुधार हुने क्रम जारी रहेको स्पार्क हेल्थ होम अस्पताल डा सुनील पौडेलले जानकारी दिनुभयो । पूर्व सहायक मन्त्री बिक जातिय जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गराउन पहल गर्ने प्रमुख व्यक्ति रहेको उहाँका परिवारले जनाएको छ । उहाँको उपचारमा दैनिक रु ८ देखि ९ हजार सम्म खर्च आउने गरेको बताइएको छ । उपचारमा आर्थिक अभाव भएपछि उहाँका परिवारले आर्थिक सहयोगका लागि सबैमा आग्रह समेत गरेका छन् । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...