प्रेम दिवसमा यती एयरलाइन्सकाे विशेष अफर



हाम्रो इकोनोमि

 

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान बिस्तार गर्ने योजनामा जुटेको छ। यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्रिएर गन्तव्यका साथै उडान संख्या बढाउने भएको हो।

यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौं आइपुग्ने कम्पनीले बताएको छ।। योसहित यतीसँग ६ थान एटिआर जहाज हुनेछन्। कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागु गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो। आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ। थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ।

जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। यतीले हाल नौ गन्तव्यमा उडान भर्दै आएको छ।

प्रेम दिवसमा विशेष अफर

प्रेमदिवस (भ्यलेन्टाइन डे) फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा विशेष अफर सार्वजनिक गरेको छ। पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ। टिकट भने पुरानै मूल्य अर्थात् आठ हजार ८४८ तोकिएको छ।

अफरअन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा एक हजार रुपैयाँ क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड दिइनेछ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...