काठमाडौंमा बर्डफ्लू, राम्रोसँग पकाएर मात्रै मासु खान सल्लाह



हाम्रो इकोनोमि

 

राजधानी काठमाडौंमा बर्डफ्लू देखिएपछि भारतसँग सीमा जोडिएको नाकाहरुमा कडाइ गरिएको छ । यसअघि भारतमा बर्डफ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ ।

अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्डफ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाण्डौमा बर्डफ्लूको पुष्टि भएको हो । बर्ड फ्लू काठमाडौं देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिए । भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ गरिएको सरकारले बताउँदै आएको थियो । यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ ।

रोग पुष्टि भएको क्षेत्र काठमाडौंको तारकेश्वर नगरपालिका– ७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न सक्ने बस्तु नष्ट गरिएको र अरु ठाउँमा पनि सङ्क्रमण सर्न नदिन कडाइ गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिए ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा काठमाडौंमा बर्डफ्लू पुष्टि भएको हो । बर्डफ्लू पंक्षीबाट मान्छेमा पनि सर्न सक्ने सम्भावना रहेकाले राम्रोसँग पकाएर मात्रै मासु खानुपर्ने डाक्टरहरुको भनाइ छ । डाक्टरकाअनुसार बर्डफ्लूको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने भएकाले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा राम्रो हुने उनीहरुका भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...