मन्त्री ढकालले भने संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन हो



हाम्रो इकोनोमि

 

नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । ‘अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो,’ उनले भने, ‘संसद पुनर्स्थापनाको माग राख्नु चाहिँ प्रतिगमन हो ।’

पर्यटन मन्त्रालयमा अघिल्ला मन्त्री योगेश भट्टराईले ल्याएका राम्रा कार्यक्रमलाई भने निरन्तरता दिने उनले बताए । उनले पर्यटक आगमन सहज बनाउने गरी थप निर्णयको तयारी भइसकेको जानकारी दिए । कोरोनाका कारण उत्पन्न असहज परिस्थिति अब सहज बन्दै गएको भन्दै उनले यसअघिका निर्णयमा परिमार्जन गर्दै जाने योजना रहेको उनले बताए । आफू चुनावसम्म मात्र यो मन्त्रालयमा रहने भन्दै उनले महत्वाकांक्षी योजना भने ल्याउने सोच नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...