आजबाट कोरोनाविरुद्ध नि:शुल्क खोप अभियान शुरु



हाम्रो इकोनोमि

 

 

सरकारले आजबाट कोरोनाविरुद्ध निशुल्क खोप अभियान शुरु गरेको छ । नेपालमा कोभिड १९ महामारीविरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा विहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरे लगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सफाइ कर्मचारी,चालक,एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको हो ।

आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । नेपाल दक्षिण एशियामा कोभिड विरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा लगाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...