नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोनाभाइरस



हाम्रो इकोनोमि

 

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार विज्ञप्तिमार्फत नयाँ भाइरस पुष्टि भएको जनाएको छ । कोभिड -१९ को नयाँ प्रजाति (भेरियन्ट) बेलायतबाट केही दिन अघि नेपाल फर्किएका ६ वटा नमुनाको सार्स कोभ २ परीक्षणको नतिजा नेपालमा परीक्षण गर्दा ३ वटा नमुनामा एस जेनी टार्गेट नेगेटिभ देखिएको थियो ।

उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो होइन भन्ने पुष्टि गर्नका लागि गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको थियो । ती नजिताहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ईमेल मार्फत आज ५ गते प्राप्त भएकोमा ३ जनामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ भाइरस पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीयम पुरुष रहेका छन् । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको हाल रिपोट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको भने पोजेटिभ नै रहेको छ । तर उनमा लक्षण नदेखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी  दिए । मन्त्रालयले नयाँ भाइरसको भ्याक्सिन नेपालमा उपलब्ध नभएसम्म सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...