काठमाडौंमा आँखा पोल्ने तुवाँलो



हाम्रो इकोनोमि

 

हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौं उपत्याकाको वायु प्रदुषणमा केही सुधार आएको छ।  विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदुषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।  आज विहान ८ बजे भने नेपाल प्रदुषित शहरहरुको सूचीमा झरेर ९६ औं स्थानमा पुगेको छ। आइक्यू एयरले वायु प्रदूषणको स्तर ठीक देखाएपनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन्। वायु प्रदुषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्।

वायु प्रदूषणले फोक्सोका साथै आँखा र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलाहरु सकभर प्रदुषण बढेका बेला घरबाहिर ननिस्कँदा राम्रो हुने उनले बताए। चिसो मौसममा निमोनिया र कोरोना संक्रमणका कारण फोक्सोका विरामी बढिरहेका बेला देखिएको उच्चस्तरको बायु प्रदूषणले पनि फोक्सोमा नै असर पु¥याउने हुँदा धेरै सतर्क हुनु जरुरी रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...