जीवन रक्षाका लागि सहयोगको अपील गर्दै मनीषा महरा



 

 

अखिल भारत नेपाली एकता मंचका राज्य समिति सह–सचिब चन्द्र बहादुर महराकी धर्मपत्नी  मनीषा महरा विगत डेढ महिनादेखि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत छिन् । उनको ‘बीपी हाइ हुन गई दिमागको नसा फुटे पश्चात पक्षघात भएको हो ।

सुनिल स्मृती गाउँपालिका–४, बाग्मा घर भएकी मनिषा एक महिनाकी सुत्केरी थिइन् । सोही अवस्थामा मंसिर ७ गते एक्कासी टाउको दुखेपछि सुलचौरस्थित स्थानीय अस्पतालमा लगियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बुटलस्थित सिद्धबाबा हस्पितल पुर्‍याइयोे ।  अखिल भारत नेपाली एकता मंचका राज्य समिति सह–सचिब चन्द्र बहादुर महराकी धर्मपत्नी  मनीषा महरा विगत डेढ महिनादेखि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत छिन् । उनको ‘बीपी हाइ हुन गई दिमागको नसा फुटे पश्चात पक्षघात भएको हो ।

 

 

हाल मनिषालाई थेरापीको काम भइरहेको छ । अहिलेसम्म झण्डै १० लाख बढी सकिएको श्रीमान् महरा बताउँछन् । समयको खेल मनीषालाई कुरेर बस्दा बस्दै मंगलबारदेखि उनी पनि सोही अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । डाक्टरहरुले उनको लक्षणको आधारमा कोरोना हुनसक्ने बताएका छन् । पीसीआर टेष्ट रिपोर्ट आईनसकेको महरा बताउँछन् ।  महराले भने, ‘भएको अलिकति सम्पत्ति मनिषाकै उपचारमा सकियो, साथीभाई आफन्तहरुले व्यक्तिगत रुपमा केही सहयोग गरेका छन् । खर्च कति लाग्ने हो थाहा छैन, मसँग पैसा पनि सकियो, आफै विरामी भए, अब सहयोगकै भर भएको छ । कसैले सहयोग गरे मनीषा बाँच्थिन कि !’ उनले मधुर स्वरमा भने, ‘घरमा डेढ महिनाकी छोरी छिन्, भैसीको दुध खाएर बाँचेकी छिन्, मेरा छोरीहरुले आमा भन्न पाउँछन कि पाउँदैनन् थाहा छैन ।’

चार बर्षअघि मनिषाको दाहिने किड्नी खराब भएपनि निकालिएको थियो । डेढ महिनाअघि बुटवलस्थित आम्दा  हस्पिटलमा अपरेसन गरी उनले छोरीलाई जन्म दिएकी थिइन् ।  पारिवारिक आर्थिक अवस्था कमजोर भएको उनीहरुले सहयोगको अपिल गरेका छन् । चन्द्र महरालाई सहयोग गर्ने चाहनु हुने सहयोग मन भएका संघ/संस्था, सुभेच्छुकहरुले निम्न ठेगानामा सम्पर्क गर्न सक्नु हुनेछ ।

ग्लोबल आईएमई बैंक

  नेपालबाट सहयाेगका लागि ः

ग्लोबल आईएमई बैंक सुलिचाैर शाखा

खाता नं.: 820701 0003843

नाम : Champha Bahadur Mahara

Swift code :GLBBNPKA

माेवाइल नं: 9849109045 /9806270135

फेसबुक लिंकःhttps://www.facebook.com/chandramahara.jaljal

भारतबाट सहयोग गर्न :

खातावालाको नाम:  NARAYAN PRASAD SHARMA अकाउन्ट नम्बर : 457006365

बैंकको नाम:  INDIAN BANK आइअफ एस कोड : IDIB000M047

सम्पर्क नम्बर : 8939634660

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्