कमलपोखरीको आँगन मिठाईको लड्डुमा मानिसको नङ



हाम्रो इकोनोमि

 

काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटियो । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको घटना यतिबेला चर्चामा छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा. देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाई किनेका थिए । जसमध्ये एउटा लड्डुमा नङ फेला पर्यो । सामान्यतया उपभोक्ताको जीवनमा यस्ता घटना दिनहुँ भइरहन्छन् तर प्रहरीको हाकिमले किनेको लड्डुमै नङ भेटिएका कारण यो घटनाले चर्चा पायो ।

प्रहरीकै उजुरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँगन मिठाई भण्डारबाट नमूना संकलन गरेर अध्ययन थालेको छ । आँगनको पसल र उत्पादनस्थलमा केही अखाद्य वस्तु पनि भेटिएको विभागले जनाएको छ । नमूना प्रयोगशालामा पठाएर पसल सञ्चालकलाई तीन दिनभित्र हाजिर हुन भनिएको प्रवक्ता मोहन कृष्ण महर्जनले बताए । मिठाईमा नङको टुक्रा पाइनु भनेको हेलचेक्र्याईंको पराकाष्टा भएको विभागका अधिकारीहरु बताउँछन् । कुनै पनि खाद्य पदार्थमा हुनुपर्ने गुण र तत्वबाहेकका अन्य मिसावट हुनै नहुने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत समेत रहेका प्रवक्ता महर्जन बताउँछन् ।

विगतका वर्षहरुमा मिठाईमा अखाद्य रङ्ग मिसाउने समस्या धेरै देखिएको थियो । अहिले रौं, नङ भेटिनु मानवीय असावधानी हुनसक्ने उनले बताए । ‘लड्डुमा नङ काटेर हाल्दै हिंड्ने त कसैले पनि गर्दैन, असावधानीले नै यस्तो भएको हुनसक्छ’, महर्जनले भने, ‘जुन कुनै कारणले भए पनि उपभोक्तालाई अखाद्य वस्तु बिक्री गर्ने छुट भने कसैलाई छैन ।’ मिठाईमा नङ भेटिएको घटनाका सम्बन्धमा आँगन स्वीट्सले भने प्रतिक्रिया दिन चाहेन ।

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...