ट्रम्पको समर्थनमा निस्केको जुलुसमा छुरा र गोली प्रहार



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा निस्केको जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार भएका प्रदर्शनमा छुरा तथा गोली चलेको हो ।

वासिङ्टन डिसीमा ४ जना व्यक्तिमाथि छुरा प्रहार भएको र उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । साथै उक्त घटनामा संलग्न रहेको आशंकामा २३ जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

त्यस्तै ओलम्पिया नजिक भएको पक्ष र विपक्षबीचको जुलुसमा गोली चलेको र एक जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको बताइएको छ । राष्ट्रपति ट्रम्पको पक्षमा ओलम्पिया, एटलान्टा र मिनेसोटाको सेन्ट पल, नेब्रास्का, अलाबामा र देशका अन्य भागमा पनि प्रदर्शनहरु भइरहेका छन् ।

गत नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भए पनि राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकारेका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...