ट्रम्पको समर्थनमा निस्केको जुलुसमा छुरा र गोली प्रहार



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा निस्केको जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार भएका प्रदर्शनमा छुरा तथा गोली चलेको हो ।

वासिङ्टन डिसीमा ४ जना व्यक्तिमाथि छुरा प्रहार भएको र उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । साथै उक्त घटनामा संलग्न रहेको आशंकामा २३ जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

त्यस्तै ओलम्पिया नजिक भएको पक्ष र विपक्षबीचको जुलुसमा गोली चलेको र एक जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको बताइएको छ । राष्ट्रपति ट्रम्पको पक्षमा ओलम्पिया, एटलान्टा र मिनेसोटाको सेन्ट पल, नेब्रास्का, अलाबामा र देशका अन्य भागमा पनि प्रदर्शनहरु भइरहेका छन् ।

गत नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भए पनि राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकारेका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...