विश्वभर कोरोना बाट मृत्यु हुनेको संख्या १५ लाख ४१ हजार पुग्यो



हाम्रो इकोनोमि

 

विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइसरबाट संक्रमित १ लाख ६ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ ।वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ९२ लाख ६४ हजार ३९७ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५३७ संक्रमितको मृत्यु भएको छ ।हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । सोमवार विहान सम्म विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार २०१ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६१ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा २३१ संक्रमितको मृत्यु भएको छ ।योसँगै त्यहाँ मृतकको कुल संख्या ६१ हजार २४५ पुगेको छ ।जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ । युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म ६० हजार ७८ जनाको मृत्यु भएको छ ।यस्तै फ्रान्समा पनि ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख २८ हजार ५२२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ८८ हजार ९०६ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो । यस्तै मेक्सिकोमा १ लाख ९ हजार ७१७ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।यस्तै एसियाली मुलुकमा ३ लाख १ हजार ६२५ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ४० हजार ५९० जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख ३२ हजार ४१० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७६ हजार ९६२ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५३ हजार ९६१ पुगेको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २२ हजार २०६ संक्रमितको मृत्यु भएको छ । यस्तै ओसियानामा १ हजार २१ संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ५ लाख ३४ हजार ९४२ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख ८५ हजार ५५० पुगेको छ । संक्रमितमध्ये ४ करोड ६५ लाख ७९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...