मेडिकल काउन्सिलकाे परीक्षामा २२४ डाक्टर फेल



हाम्रो इकोनोमि

 

लामो समयदेखि अभ्यासमा रहेर विशेषज्ञ तहको लाइसेन्स परीक्षामा सहभागी भएका २७ प्रतिशत चिकित्सक(डाक्टर) नै असफल भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको लाइसेन्सका निम्ति लिएको परीक्षामा  २७ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका हुन् ।

काउन्सिलले २०७७ मंसिर १२ गते शुक्रबार र शनिबार विभिन्न चरणमा लिएको परीक्षामा ८ सय ३९ जना चिकित्सक सहभागी बनेका थिए । यीमध्ये २ सय २४ जना अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले चिकित्सातर्फ पोस्ट ग्राजुएट्स (पीजी) तह पूरा गरेकाका लागि परीक्षामार्फत विशेषज्ञको लाइसेन्स दिने गरेको छ । यसका लागि उसले पहिलोपटक कम्प्युटरमा आधारित रहेर परीक्षा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...