रुसमा आगामी सातादेखि कोरोना खोप शुरू



हाम्रो इकोनोमि

 

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी सातादेखि आममानिसलाई खोप लगाउन अभियान शुरू गर्न स्वास्थ्य अधिकारीहरूलाई आदेश दिएका छन्। बेलायतले यसअघि नै खोप प्रयोगका लागि अनुमति दिइसकेको छ ।

कोभिड १९ का बिरामीहरूका निम्ति नयाँ अस्पतालहरूको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन गर्ने कार्यक्रममा बोल्दै पुटिनले आगामी केही दिनमा रुसको स्पुटनीक फाइभ खोपको २० लाख मात्रा प्रयोगका निम्ति तयार हुने बताए।
रुसले गत अगस्टमै उसका नियामक निकायले खोप स्वीकृत गरेको बताएको थियो। तर खोप परीक्षणमा महत्त्वपूर्ण मानिने तेस्रो चरणको सुरक्षा तथा प्रभावकारिता परीक्षण भने अहिले पनि भइरहेको छ। रुसमा देशभरि खोप लगाउनका लागि आवश्यक परिमाणमा खोप उत्पादन भइसकेको छैन।

ब्रिटेनले खोपको आम प्रयोगको अनुमति दिएको केही घण्टामा पुटिनको उक्त भनाइ सार्वजनिक भएको छ।

रुसमा प्रयोग गर्न लागिएको स्पुटनीक फाइभ खोप नेपालमा समेत आयात गर्न यसअघि नै सम्झौता भइसकेको छ । एक निजी कम्पनीले रसियन दुतावासको पहलमा सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...