जाडो मौसममा गर्नै नहुने ५ गल्ती



हाम्रो इकोनोमि

 

देशभर चिसो बढेको छ । भने देशका विभिन्न स्थानमा हिमपात समेत सुरु भइसकेको छ । तराईमा शीतलहर सुरु हुँदैछ । तापक्रम घट्दै गएको छ । यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने हुन्छ । जाडो मौसममा गरिने हेलचेक््रयाइँले शरीरमा गम्भीर असर समेत पार्न सक्छ ।

जाडोको मौसममा साइनस, दम, सास फेर्न गाह्रो हुने जस्ता समस्या आउँछ । जाडोको मौसममा यस्ता समस्या भएका व्यक्तिलाई निकै समस्या बढाउँछ । त्यसैले जाडो मौसममा आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ ।

जाडो मौसममा अत्यधिक खाना खाने गर्नुहुँदैन । धेरै खाना खाने र व्यायाम नगर्ने गर्दा शरीरको तौल अचानक बढ्ने र त्यसलाई कम गर्न निकै मेहेनत गर्नुपर्ने हुन्छ ।

कम पानी
जाडोको शुरुवातसँगै मानिसहरु पानी पिउन जोडिदिन्छन् । गर्मीको मौसममा पसिना धेरै आउने भएकाले पानी धेरै पिउने र जाडोमा कम पानी पिउने गर्छन् । त्यसैले जाडोमा पानी कमी हुने र डिहाइड्रेशनको समस्या आउने, ओठ फुट्ने जस्ता समस्या आउँछ । त्यसैले ६ देखि ८ गिलास पानी एक दिनमा पिउने गर्नुपर्छ ।

तातोपानीले नुहाउँने
जाडोमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तातोपानीले नुहाउँदा चिसो कम महसुस भएपनि यसले निकै नोक्सान कम गर्छ । गर्मी पानीले नुहाउँदा छाला सुख्खा र रुखो हुने र कहिलेकाँही तातोपानीले नुहाउँदा स्किन सेल्स ड्यामेज हुन्छ ।

धेरै क्रिमको प्रयोग
छाला सुख्खा हुने भएकाले जाडो मौसममा थुप्रै चिल्लो क्रिमको प्रयोग गर्ने गर्छन् । थरिथरिका क्रिमको प्रयोगले छाला बिग्रिने, छालामा विभिन्न प्रकारका समस्या आउने गर्छ । त्यसैले आफ्नो छालाका लागि उपयुक्त पुर्याउँने क्रिमको प्रयोग गर्नुपर्छ ।

धेरै तातो कपडा 
चिसोबाट बच्नका धेरै तातो कपडा लगाउने गरिन्छ । यसले शरीरलाई नोक्सान पुर्याउँछ । जाडो मौसममा धेरै कपडा लगाउँदा शरीरमा चिसो प्रतिरोधक क्षमता कम हुँदै जान्छ । र जाडो लाग्ने सम्भावना झनै बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...