फेरि लकडाउन गर्ने सरकारको तयारी !



हाम्रो इकोनोमि

 

कोभिड संकट व्यवस्थापन समिति (सिसिएममी)को बैठक बस्दैछ । आज बस्ने बैठकले लकडाउनको विषयमा निर्णय गर्ने सम्भावना रहेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

श्रेष्ठले आज बस्ने बैठकमा के के छलफल गर्ने भन्ने एजेण्डा नदिएको बताए । तर, लकडाउनको विषयमा केही निर्णय भने हुने उनले बताए । अहिले कक्षा १२ को परीक्षा चलिरहेको छ । परीक्षाको कारण लकडाउन केही पर सर्न सक्ने पनि उनले बताए ।

यो भन्दा अगाडिको बैठकमा उपत्यका मेयर फोरमले उपत्यकामा सरकारले लापरवाही गरेका कारण कोरोना संक्रमण बढेको निष्र्कषसहित थप लकडाउन गर्नुपर्ने बताएको थियो । मेयर फोरमको प्रस्तावलाई सरकारले पोजेटिभ रुपमा लिएको जनाएको छ ।

तर, मेयर फोरमको लकडाउन गर्ने प्रस्तावलाई जनस्वास्थ्य विज्ञहरुले भने ठीक नभएको बताउँदै आएका छन् । समुदायस्तरमा कोरोना फैलिसकेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणको अन्य उपाय प्रयोग गर्नुपर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...