फेरि लकडाउन गर्ने सरकारको तयारी !



हाम्रो इकोनोमि

 

कोभिड संकट व्यवस्थापन समिति (सिसिएममी)को बैठक बस्दैछ । आज बस्ने बैठकले लकडाउनको विषयमा निर्णय गर्ने सम्भावना रहेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

श्रेष्ठले आज बस्ने बैठकमा के के छलफल गर्ने भन्ने एजेण्डा नदिएको बताए । तर, लकडाउनको विषयमा केही निर्णय भने हुने उनले बताए । अहिले कक्षा १२ को परीक्षा चलिरहेको छ । परीक्षाको कारण लकडाउन केही पर सर्न सक्ने पनि उनले बताए ।

यो भन्दा अगाडिको बैठकमा उपत्यका मेयर फोरमले उपत्यकामा सरकारले लापरवाही गरेका कारण कोरोना संक्रमण बढेको निष्र्कषसहित थप लकडाउन गर्नुपर्ने बताएको थियो । मेयर फोरमको प्रस्तावलाई सरकारले पोजेटिभ रुपमा लिएको जनाएको छ ।

तर, मेयर फोरमको लकडाउन गर्ने प्रस्तावलाई जनस्वास्थ्य विज्ञहरुले भने ठीक नभएको बताउँदै आएका छन् । समुदायस्तरमा कोरोना फैलिसकेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणको अन्य उपाय प्रयोग गर्नुपर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...