राष्ट्रपति ट्रम्पलाई फेरी अर्को धक्का



हाम्रो इकोनोमि

 

ठूलो अन्तरसहितको अन्तिम परिणाम आइसक्दा पनि हार स्वीकार्न नमानिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को धक्का लागेको छ । आफूले पूर्ण विश्वास गरेका दुईवटा राज्य मिचिगन र जर्जियाको मत परिणाम विपक्षी उम्मेदवार जो वाइडेनको पक्षमा गएपछि ट्रम्प कुनै हालतमा रद्ध गराउने योजनामा थिए । तर,ती दुवै राज्यका अधिकारीहरूले परिणाम घोषणाको औपचारिक प्रक्रिया अवलम्बन गरेपछि ट्रम्प थप अप्ठेरोमा परेका हुन् ।

न्यूयोर्क टाइम्सका अनुसार,दुईजना रिपब्लिकन सांसदहरूको असहमतिका बावजुद जर्जियाका गभर्नरले राष्ट्रपति निर्वाचनको परिणामलाई सदर गरिदिएका छन् । उता,मिचिगन राज्यको रिपब्लिकन प्रतिनिधिमण्डलले ह्वाइट हाउसमा भेट गरेपछि राष्ट्रपति ट्रम्पसँग मतदानको नतिजा उल्टिने कुनै सम्भावना नदेखेको बताएका छन् । उनीहरूले ‘विधायक र व्यवस्थापिकामा नेतृत्व गरेको नाताले चुनावको सामान्य सिद्धान्त र कानुनको पालना गर्नु आफ्नो दायित्व भएको’ बताउँदै ‘मिचिगन राज्यले घोषणा गर्ने चुनावी परिणामको अन्तिम नतिजा कुनैपनि धाक र धम्कीबाट मुक्त हुनुपर्ने’ उल्लेख गरेका छन् ।

डेमोक्र्याटिक पार्टीतर्फ संकेत गर्दै राज्यका रिपब्लिकन सिनेटर माइक सिर्की र सभामुख लि च्याटफिल्डले निर्वाचनमा धाँधली भएको आरोपलाई गम्भीर ढंगले लिएर सुक्ष्म तवरले अनुसन्धान गरेपछिको परिणामले मात्र चुनावी सत्यता र विश्वासलाई दह्रो बनाउने बताएका थिए । दुबैले निर्वाचन परिणामको प्रमाणीकरण प्रक्रियामा हस्तक्षेप नगर्ने बताउँदै अनियमितताको आरोप लगाउँदै प्रस्तुत गरिएको प्रतिवेदन अध्ययनको लागि संयुक्त समिति गठन गर्ने बताएका छन् ।

मिचिगन राज्यमा पनि बाइडेनले नै जित हात पारेका छन् । सम्भवतः भोलि सोमबार मतदानको परिणामलाई औपचारिक घोषणा गरिने छ । ट्रम्पले मिचिगन, जर्जियालगायतका राज्यहरूमा मतदानमा धाँधली भएको आधारहीन आरोप लगाउँदै आएका छन् । निर्वाचनमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २ सय ३२ मात्र पाएका छन् । पपुलर मत अहिले बाइडेनले पाएझैं पहिले पनि ट्रम्पले भन्दा हिलारी क्लिन्टनले नै बढी ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...