कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रीपरिषद्को निर्णय



हाम्रो इकोनोमि

 

आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क गर्ने निःशुल्क उपचार पनि गरिने एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार सरकारले कोभिड संक्रमितको उपचार निशुल्क, छुट र सहज गर्नेबारे बिभिन्न ब्यवस्था गरेको छ। ‘संक्रमितको उपचार गर्नेबारे अस्पतालको विषयमा, सहज र छुट दिने विषयलगायत बिभिन्न व्यवस्थाबारे निर्णय भएको छ, त्यो विस्तृत र अलि प्रष्टताका साथ सरकारले सार्वजनिक गर्छ,’ ती मन्त्रीले भने ।

सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । अदालतले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । सर्वोच्चले सो निर्णय गरेको केही दिन नबित्दै सरकारले निर्णय सच्याएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...