कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रीपरिषद्को निर्णय



हाम्रो इकोनोमि

 

आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क गर्ने निःशुल्क उपचार पनि गरिने एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार सरकारले कोभिड संक्रमितको उपचार निशुल्क, छुट र सहज गर्नेबारे बिभिन्न ब्यवस्था गरेको छ। ‘संक्रमितको उपचार गर्नेबारे अस्पतालको विषयमा, सहज र छुट दिने विषयलगायत बिभिन्न व्यवस्थाबारे निर्णय भएको छ, त्यो विस्तृत र अलि प्रष्टताका साथ सरकारले सार्वजनिक गर्छ,’ ती मन्त्रीले भने ।

सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । अदालतले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । सर्वोच्चले सो निर्णय गरेको केही दिन नबित्दै सरकारले निर्णय सच्याएको हो ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...