वाइडेनको विजय पक्का, ट्रम्पले दायर गरेको रिट खारेज



हाम्रो इकोनोमि

 

विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम आउन ढिलाइ हुँदै गएकोमा चौतर्फी आलोचना भइरहेको छ । अमेरिकी समय अनुसार, बिहीवार राती १२ बजेसम्ममा पनि अघिल्लो दिनको परिणाममा थोरै मात्र परिवर्तन भएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुगे पनि मतगणनामा ढिलाइ भएकोले परिणाम बाहिर आएको छैन ।

वाइडेनलाई जीतका लागि अब जम्मा ६ इलेक्टोरल मतको आवश्यकता छ । उहाँले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसक्नुभएको छ । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत मात्रै प्राप्त गर्नुभएको छ । अधिकांश राज्यको मतगणनाको परिणाम आइसकेको र बाँकी चार वटा राज्यको मतपरिणाम आउन बाँकी छ । यी चारवटै राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर छ । मतगणनाको परिणाम अन्तिम चरणमा पुग्दा नेभाडा, जर्जिया, एरिजोना र पेन्सिलभेनियामामा अहिले सबै अमेरिकनको ध्यान गएको छ ।

छ वटा इलेक्टोरल मत रहेको नेभाडामा अहिलेसम्म करिब ८९ प्रतिशत मतगणना सम्पन्न भइसकेको अवस्थामा वाइडेनले ११ हजार ४ सय ३८ मतले अग्रता लिनुभएको छ भने ११ इलेक्टोरल मत रहेको एरिजोनामा ९० प्रतिशत मतगणना सकिँदा वाइडेनले ४६ हजार ६ सय ६७ मतले अग्रता लिनुभएको छ । उता जर्जिया र पेन्सिलभेनियामा भने राष्ट्रपति ट्रम्पले झिनो मतान्तरले अग्रता लिनुभएको छ । हिजोसम्म यी दुवै राज्यमा ट्रम्पले निकै ठूलो अग्रता लिनुभएको थियो । यी दुई राज्यमा क्रमशः ९९ र ९५ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ ।

विश्लेषकहरूले यी दुई राज्यमा पनि वाइडेनले विजय हात पार्ने सम्भावना औँल्याएका छन । उपर्युक्त चारवटै राज्यमध्ये एकमा मात्र विजय हात पारेको खण्डमा ट्रम्पको संभावना शून्य रहन्छ । यी चारवटै राज्यको परिणाम शुक्रवारसम्ममा आउने बताइएको छ । यसैबीच, निर्वाचनमा धाँधली भएको विषयलाई लिएर जर्जिया र मिसिगनमा गरिएको रिट खारेज भएको छ । दुवै राज्यका अदालतका न्यायाधीशले ट्रम्पको रिट खारेज गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...