तिहारमा देउसीभैलो खेल्न नपाइने, नियम उल्लंघन गरे कडा कारबाही



हाम्रो इकोनोमि

 

कोभिड–१९ को संक्रमण दैनिक बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसवर्षको तिहार देउसीभैलो खेल्न मनाही गरेको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

आफ्नै घर परिवारमा मात्रै सिमित रहेर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ ।

जिल्लाबासीलाई अत्यावश्यक परेर निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

मादकपदार्थ सेवान गरी अनावश्यक होहल्ला नगर्न, जुवातास नखेल्न र भिडभाड नगराउन प्रशासनले आग्रह गरेको छ ।

भौतिक दुरी, साबुनपानीले पटकपटक हात धुन र स्वास्थ्य मापदण्ड पालन गर्न प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।

उद्योग तथा व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको नियम पालना गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।

उक्त नियमहरु उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सुरक्षा व्यवस्थामा कडाइ

तिहाइ लगाएतका पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

जिल्लामा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो ।

विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए

बिहिबारदेखि सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको उनले जानकारी दिए ।

जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...