सांसदलाई दसैँ भत्ता दिनुभन्दा भेन्टिलेटर किनौँ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

 

नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना महामारीको समयमा सांसदलाई दसैं भत्ता बाड्ने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन्।

आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो। यस्तो वेला दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ।’

साथै उनले आफूले दसैँ भत्तास्वरूप पाएको रकम आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई हस्तानतरण गर्ने बताएका छन्। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

महामारीको समयमा जनताले अक्सिजनका लागि संघर्ष गर्नुपर्दा सांसदहरूले दसैँ मनाउन नियमित तलब र सुविधाबाहेक तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ भत्ता लिएको तथ्य सार्वजनिक भएपछि यसको विरोध सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...