सांसदलाई दसैँ भत्ता दिनुभन्दा भेन्टिलेटर किनौँ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

 

नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना महामारीको समयमा सांसदलाई दसैं भत्ता बाड्ने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन्।

आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो। यस्तो वेला दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ।’

साथै उनले आफूले दसैँ भत्तास्वरूप पाएको रकम आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई हस्तानतरण गर्ने बताएका छन्। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

महामारीको समयमा जनताले अक्सिजनका लागि संघर्ष गर्नुपर्दा सांसदहरूले दसैँ मनाउन नियमित तलब र सुविधाबाहेक तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ भत्ता लिएको तथ्य सार्वजनिक भएपछि यसको विरोध सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...