त्रिशूली वाङ्मय प्रतिष्ठानले कार्तिक १ गते शारदीय कविता उत्सव आयोजना गर्दै



हाम्रो इकोनोमि

 

हरेक वर्ष झै यसवर्ष पनि त्रिशूली वाङ्मय प्रतिष्ठानले शारदीय कविता उत्सव आयोजना गर्दैछ । नुवाकोटेली साहित्यकारले विसं २०६६ मा स्थापना गरेको सो संस्थाले हरेक दशैँ अगाडि शारदीय कविता उत्सव आयोजना गर्दै आएको छ ।

यसपटक नेपालीहरुको महान् पर्व बडा दशैंको घटस्थापनाका दिनमा प्रतिष्ठानले शारदीय कविता उत्सव आयोजना गर्दैछ । कार्यक्रम कार्तिक १ गते अपरान्ह ४ बजे जुम एप मार्फत् गरिनेछ । कोरोना महामारीका कारण कार्यक्रम भर्चुअल रुपमा आयोजना गर्न लागिएको त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले बताए ।

पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक यात्रा र गतिविधि गर्दै आएको र साहित्य, पर्यटन र समृद्धिलाई जोड्ने गरेको उल्लेख गर्दै उनले देश विदेशमा रहेका साहित्यकारहरुलाई समेटेर अनलाइनमार्फत भर्चुअल रुपमा आयोजना गर्न लागिएको बताए ।

प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्र डंगोलले साहित्य र पर्यटनलाई एकाकार गर्ने प्रतिष्ठानको मूल ध्येय भएको बताउदैं हरेक वर्ष झै यसवर्ष पनि कार्यक्रम आयोजना गरिन लागेको बताए ।

संस्थाका महासचिव श्यामराज पाठकले अघिल्लो वर्ष भौतिकरुपमा सबैको उपस्थितीमा कार्यक्रम गरिएपनि यस पटक भने भचर्सअलरुपमा गर्न लागिएको बताए ।
विगतमा स्रष्टाहरूलाई ककनीदेखि त्रिशूली जलविहारसम्म मात्र नभई रामकोटको घरबाससम्म पनि पुर्याएको स्मरण गर्दै प्रतिष्ठानका अध्यक्ष डङ्गोलले कोरोना कहर अन्त्य भएपछि आगामी दिनहरुमा त्यस्ता कार्यक्रमका सिलसिलामा सर्जकहरूलाई थप रमणीय स्थलमा सहभागी बनाउने बताए ।

यसपटकको शारदीय कविता उत्सवमा प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय प्रेक्षितलाई निम्त्याइएको छ । विशेष अतिथिमा वरिष्ठ गजलकार बुँद रानालाई निम्त्याइएको छ ।

कविहरु वासुदेव अधिकारी, विवश वस्ती,हेमन्त विवश,सरस्वती श्रेष्ठ,बलराम दाहाल, नारायण निरासी, पुरुषेत्तम लम्साल,टीका आत्रेय, असिम सारगर, सरु बस्नेत,किरण कालिकोटे, निर्भीकजड रायमाझी, रामशरण प्याकुरेल, बद्रीवृन्द गजुरेललाई अतिथि कविकारुपमा रचना वाचनका निम्ति निम्त्याईएको छ । त्रिशूली वाङ्मय प्रतिष्ठानले त्रिशूली त्रिवेणी पत्रिकाको प्रकाशन, मुलुकको विभिन्न भागमा साहित्यिक यात्रा, जल पर्यटन यात्रा, साहित्य र पर्यटन प्रवद्र्धन आदि गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...