आदर्शसञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान



हाम्रो इकोनोमि

 

आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ ।

रिलायव वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको मंगलबार आयोजित २२औं साधारणसभाको अवसरमा नेपालको सहकारी अभियानका शीर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजारसहितको उक्त सम्मान पन्तलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरिएको छ ।

हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष कोरोना संक्रमणका कारण घोषणा मात्र गरिएको र सहज अवस्था भएपछि प्रदान गरिने संस्थाका सचिव विजय सुन्दर खड्काले जानकारी दिए ।

बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक हुनु हुन्छ । केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्वअध्यक्ष यादव हुमागाई सम्मानित भएका थिए ।

रिलायलव साकोसको २२औं साधारणसभामा शुभकामना व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालक केबी उप्रेतीले संस्थाले वित्तीय तथा अन्य क्षेत्रमा राम्रो सुधार गर्दै गएको र सञ्चार लगायत अन्य क्षेत्रमा समेत काम गरेर पहिचान बढाएको बताए ।

संस्थाका अध्यक्ष ओमदेवी मल्लाले कोभिड–१९ को महामारीका बीचमा पनि संस्थाले शेयर सदस्यहरुलई नियमित सेवा दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...