वायुसेवामा चार चेलीको चित्कार



हाम्रो इकोनोमि

 

देशको सबै ऐन, कानुनले महिलालक्ष्यित हिंसाजन्य कसुरमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरेको त देखिन्छ । तर, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभित्र असाध्यै यातनामा पिल्सिएका चार चेली कुना पसेर रोइरहेका छन्, देख्ने कोही भएनन् ।

पाइलट दाजुभाइविरुद्ध चार जना इन्फ्लाइट सुपरभाइजर (प्रशिक्षक विमान परिचारिका) ले उजुरी हालेका छन्, तर सुनुवाई नहुँदा यस्तो स्थिति आएको हो । सिनियर इञ्जिनियर तथा पाइलट सुवास रिजाल र उनका भाइ श्रवणले दुःख दिएको भन्दै वरिष्ठ इन्फ्लाइट सुपरभाइजर प्रजिता कार्की, प्रदा कार्की, सृजना केसीसहित सोनम बोगल र करिश्मा मालाकारले पूर्वसचिव तथा नेवानि सञ्चालक समिति अध्यक्ष सुशील घिमिरेको ध्यानाकर्षण गराएका थिए । तर, उल्टै रिजाल दाजुभाइले चार चेलीको जागिर एकै गाँसमा सिध्याउन खोजेको बताइन्छ ।

यी परिचारिका तीन वर्षदेखि आफूमाथि अनेक तवरले ह्यारेसमेन्ट हुने गरेको जनआस्थालाई बताए । उनीहरु ०६१ सालदेखि नेवानिमा प्रवेश गरी ०७४ मा इन्फ्लाइट सुपरभाइजर छनौट भएका हुन् । छानिएको महिना दिनपछि अप्रेसन डाइरेक्टरदेखि नै सुवास रिजाल र श्रवणले निरन्तर मानसिक यातना, धम्की र निरुत्साहनको श्रृंखला शुरु गरेको भन्दै पीडितहरुले बताएअनुसार अख्तियारमा उजुरी परेको छ, राजीनामा देऊ भन्ने गरिएको छ ।

जनआस्थाको सम्पर्कमा आएका परिचारिकाले दुःख सुनाए, ‘तिमीहरुको जागिर मेरो कलमको निबमा छ भन्दै अहिले पनि हामीलाई धम्क्याइरहनुभएको छ ।’

यसैबीच गत वर्ष अर्की एक परिचारिका दुई जीउकी भइन् । बीचमा दशैं आयो । बिदा मागिन् । तर, सुवासले ‘जागिर छोड्, छुट्टी मिल्दैन’ भन्दै धम्क्याए । यस्तो दुव्र्यवहारकै कारण अहिले उनी नियमित डिप्रेसनको औषधी खानुपर्ने अवस्थामा पुगेकी छन् ।

सुवासले मेन्टल ह्यारेसमेन्ट गरेको, पर्सनल कुरा गरेर टर्चर दिएको, अपशव्द र जथाभावी बोलेको भन्दै यसअघि केही परिचारिका र महिला कर्मचारी महिला आयोगमा गुहार माग्न पुगे । तर, कर्मचारीको भरमा चलेको उक्त आयोगबाट यथेष्ट सुनुवाई भएन ।

सुवासकै कार्यकालमा लाखौं रकम दिने शर्तमा श्रीलंका र भारतबाट प्रशिक्षक विमान परिचारिकाहरु ल्याएर उनीहरुको भुक्तानी नदिएपछि केही समयअघि रडाको नै मच्चिएको थियो । नेवानिमा अहिले ९ प्रशिक्षक परिचारिका छन् । तीन जना हालै थपिएका हुन् ।

सिनियर प्रशिक्षक परिचारिका प्रजिता, प्रदा, सृजनाहरुले यो अवधिमा मात्र एक सय ८० भन्दा बढी परिचारिकालाई तालिम दिइसकेका छन् । यो कारण लाखौं रकम विदेश जानबाट रोकिएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...