२४ घण्टामा विश्वभर ३ लाख ४४ हजार संक्रमित, ६ हजार ३ सय बढीको मृत्यु



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सबैभन्दा बढी भारतमा ७० हजार ८ सय, अमेरिकामा ५४ हजार, ब्रजिलमा २७ हजार र फ्रान्समा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

बेलायतमा १७ हजार ५ सय, अर्जेन्टिनामा १५ हजार ४ सय र रसियामा ११ हजार ४ सय संक्रमित थपिएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

जसमध्ये भारतमा १ हजार, अमेरिकामा ८७४, ब्रजिलमा ७३०, अर्जेन्टिनामा ४८४ तथा इक्वाडरमा ३९८ जनाको मृत्यु भएको हो ।

यस्तै, मेक्सिकोमा ३७८, इरानमा २३० तथा रसियामा १९१ जनाको मृत्यु भएको छ । योसहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० लाख ६६ हजार ३ सय नाघेको छ ।

विश्वमा कुल ३ करोड ६७ लाख ३४ हजार मानिस संक्रमित छन् । संक्रमितमध्ये २ करोड ७६ लाख मानिस संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...