२४ घण्टामा विश्वभर ३ लाख ४४ हजार संक्रमित, ६ हजार ३ सय बढीको मृत्यु



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सबैभन्दा बढी भारतमा ७० हजार ८ सय, अमेरिकामा ५४ हजार, ब्रजिलमा २७ हजार र फ्रान्समा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

बेलायतमा १७ हजार ५ सय, अर्जेन्टिनामा १५ हजार ४ सय र रसियामा ११ हजार ४ सय संक्रमित थपिएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

जसमध्ये भारतमा १ हजार, अमेरिकामा ८७४, ब्रजिलमा ७३०, अर्जेन्टिनामा ४८४ तथा इक्वाडरमा ३९८ जनाको मृत्यु भएको हो ।

यस्तै, मेक्सिकोमा ३७८, इरानमा २३० तथा रसियामा १९१ जनाको मृत्यु भएको छ । योसहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० लाख ६६ हजार ३ सय नाघेको छ ।

विश्वमा कुल ३ करोड ६७ लाख ३४ हजार मानिस संक्रमित छन् । संक्रमितमध्ये २ करोड ७६ लाख मानिस संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...