सिलबन्दी भएको खानेपानीको जारमा किरा



हाम्रो इकोनोमि

 

सिलबन्दी भएको खानेपानीको जारमा किरा भेटिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, मूलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएको हो ।

पानीमा किरा भेटिएपछि उपभोक्ता अधिकारकर्मीले पानी उत्पादन गर्ने उद्योगमाथि कारबाहीका लागि उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेका हुन् ।

अध्यक्ष महर्जनले अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएपछि कारबाहीका लागि विभागमा उजुरी गरेको बताए । उनले किरा परेको पानीको जारको पानीलाई ६० रुपैयाँमा बिक्री गरेको पाइएको बताए ।

खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण भएको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ खानेपानी उद्योगी, ढुवानी व्यवसायी तथा अन्य व्यवसायीहरूले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...