लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, मन्त्रिपरिषद्ले निर्णय गर्ने



हाम्रो इकोनोमि

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय कोरोना संक्रमित भएमा सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

हिजो (बुधबार) नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । असोज ७ गतेको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।

एकैदिन ३ हजार ४ सय ३९ संक्रमित थपिएपछि २५ हजारभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन् । एकैदिनमा यति धेरै संक्रमित देखिएको बुधबार पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी हुन थालेपछि सामान्य सेवा पनि प्रभावित हुने भएकाले संक्रमण रोक्न पुनः लकडाउन गर्नुपर्ने सुझाव दिएको बताए ।

स्वास्थ्य मन्त्रालयले अवस्था विश्लेषण गरी सरकारलाई सुझाव दिएको तर लकडाउन वा निषेधाज्ञा हुने र नहुनेबारे मन्त्रालयले निर्णय गर्न नसक्ने बताए । उनले यसबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्ने बताए ।

उनले भने,‘पछिल्लो समय एकदमै अलोकप्रिय शब्द हो, लकडाउन, त्यसको सकारात्मक प्रभाव जनस्वास्थ्यका क्षेत्रमा काम गर्नेहरूलाई मात्र थाहा छ, अहिले हामी संक्रमणबाट जोगिने मापदण्ड अपनाउन भन्दा भेन्टिलेटर र आइसियूको संख्या गन्न थाल्यौँ, जुन दुखद हो ।’

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...