खोकी र ज्वरो आए अस्पताल नआउन सरकारको अपिल



हाम्रो इकोनोमि

 

मुलुकमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको बेला सरकारले नागरिकको उपचारमा हात उठाएको छ । सरकारले बेहोस भए वा हुन लागे मात्र अस्पताल आउन नागरिकलाई अपिल गरेको छ ।

बुधबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डान. जागेश्वर गौतमले रुघा खोकी र ज्वरो आएका बिरामीलाई उपचारका लागि अस्पताल नआउन अपिल गरेको हो । साथै उनले बेहोस भए वा हुन लागे मात्र अस्पताल आउन आग्रह गरेका हुन् ।

प्रवक्ता गौतमले भने–‘अस्पताल जाने क्रम बढेका कारण कुनै पनि बिरामीलाई सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा, पिसाब नभएमा वा कम भएमा मात्रै अस्पताल जान अनुरोध गर्दछौ ।’

नेपालको संविधानले हरेक नागरिकलाई राज्यको तर्फबाट निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्ने भनेपनि स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमा गम्भीर समस्या भएमात्र अस्पताल जान भनेको छ ।

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत नागरिकले राज्यका तर्फबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, त्यस्तो सेवा प्राप्त गर्न वञ्चित नगरिने, त्यस्तो सेवा तथा उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने तथा नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुने सम्मका हकहरू प्रदान गरिएको छ । तर, मन्त्रालयले अस्पतालका शय्याहरु भरिन थालेको भन्दै संक्रमितको संख्या बढ्दै गए भार थाम्न नसक्ने चेतावनी दिएको छ ।

‘अस्पतालहरुमा बेडको अभाव हुँदै गएको छ । विशेष गरी काठमाडौं उपत्यकामा संक्रमितहरुको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ । यहि तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन,’ उनले भनेका छन् ।

पछिल्लो समय देशभर कोरोना संक्रमित बढेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । यस्तै पछिल्लो समय सार्वजनिक स्थानमा मानिसहरुको चहलपहल बढ्न थालेको भन्दै मन्त्रालयले अनावश्यक भिडभाड नगर्न पनि नागरिकलाई आग्रह गरेको छ ।

बुधबार नेपालमा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संख्या हालसम्मकै उच्च रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

त्यस्तै बुधबार काठमाडौं उपत्यकामा १६८४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना छन् ।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...