हरेक १० व्यक्ति मध्ये एक जनालाई कोरोना संक्रमण हुन सक्छ : डब्लूएचओ



हाम्रो इकोनोमि

 

 

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ । सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक ऱ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताएका हुन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५४ लाख नाघेको छ । डब्लूएचओले भने करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ । जनस्वास्थ्यविद्हरुले लामो समयदेखि अहिले पुष्टि भएको संख्याभन्दा निकै धेरै कोरोना भाइरसबाट संक्रमित भइसकेको हुन सक्ने बताएका छन् । डाक्टर ऱ्यानले विश्वको जनसंख्याको १० प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने बताएका छन् ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको १० महिना पूरा भइसके पनि यो नियन्त्रणभन्दा पनि झन तीव्र रुपमा फैलिरहेको छ । केही मुलुकमा प्रतिबन्ध खुकुलो बनाएसँगै कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको र पहिलेभन्दा अझ तीव्र रुपमा संक्रमण फैलिरहेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनीकरणका लागि विश्वका सबै मुलुकले ऐक्यबद्धता र सामूहिक नेतृत्व देखाउनुपर्ने डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले बताए । ‘सबै मुलुक कोरोना भाइरसबाट प्रभावित भएका छन् तर केही मुलुक अलि बढी नै प्रभावित भएका छन् । विश्वमा संक्रमण पुष्टि भएको संख्याको ७० प्रतिशत १० वटा मुलुकमा मात्रै रहेको छ भने कुल मृत्यु हुने संख्याको आधा संख्या तीन वटा देशमा मात्रै छ,’ उनले भने ।

विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण १० लाख ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसको करिब आधा संख्या अमेरिका, ब्राजिल र भारतमा रहेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म कोरोनाका कारण अमेरिकामा २ लाख १० हजार १ सय ८१, ब्राजिलमा एक लाख ४६ हजार ६ सय ७५ र भारतमा एक लाख २ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...