कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा दुई जनाको निधन



हाम्रो इकोनोमि

 

 

कोरोना भाइरस संक्रमणबाट काभ्रेको धुलिखेल अस्पतालमा थप दुई जनाको ज्यान गएको छ ।

बनेपा नगरपालिका-१३ का ४६ र काठमाडौं सिनामंगलका ७७ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार ज्यान गएको हो ।

४६ वर्षीय पुरुषको आइतबार दिउँसो र ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । योसँगै काभ्रेमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १३ पुगेको छ ।

यस्तै चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काभ्रेको रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । रोशी गाउँपालिका कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले विज्ञप्ति जारी गरेर सेवा अनिश्चित कालका लागि बन्द गरिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...