कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा दुई जनाको निधन



हाम्रो इकोनोमि

 

 

कोरोना भाइरस संक्रमणबाट काभ्रेको धुलिखेल अस्पतालमा थप दुई जनाको ज्यान गएको छ ।

बनेपा नगरपालिका-१३ का ४६ र काठमाडौं सिनामंगलका ७७ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार ज्यान गएको हो ।

४६ वर्षीय पुरुषको आइतबार दिउँसो र ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । योसँगै काभ्रेमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १३ पुगेको छ ।

यस्तै चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काभ्रेको रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । रोशी गाउँपालिका कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले विज्ञप्ति जारी गरेर सेवा अनिश्चित कालका लागि बन्द गरिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...