रहिनन् सबैको मनमा राज गरेकी चर्चित अभिनेत्री, आफ्नै घरभित्र भेटियो लाश



हाम्रो इकोनोमि

 

विश्वभर चर्चा कमाएकी जापानी अभिनेत्रीको लाश फेला परेको छ । जापानकी चर्चित अभिनेत्री युको टेकची टोकियोस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । विभिन्न अवार्ड विजेता ४० वर्षीया उनी दुई सन्तानकी आमा हुन् । प्रहरीले उनको मृत्युको विषयमा छानविन शुरु गरेको छ ।

विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका समाचार अनुसार युकोका अभिनेता पति ताइकी नाकाबेयासीले उनलाई सिबुया वार्डको घरमा भेटेका थिए । उनलाई अस्पताल लगेपछि मृत घोषणा गरिएको थियो । टुको जापानकी प्रख्यात अभिनेत्री हुन् । उनले धेरै फिल्म र टेलिभिजन सिरिजमा अभिनय गरेकी थिइन् ।

सन् २०१८ को एचबीओ सिरिज ‘मिस सेर्लोक’मा सेर्लोक होल्म्सको भूमिकामा निभाएकी थिइन् । यो सिरिज अमेरिकासहित विभिन्न देशमा प्रसारण भएको थियो । उनले सन् २००४ देखि २००७ सम्म लगातार जापान एकेडेमी अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

उनले जीवन त्याग गरेकी हुन् या होइनन् भन्ने कुरा निश्चित भइसकेको छैन । तर उनले जीवन त्याग नै गरेको बताइएको छ तर कारण खुल्न सकेको छैन । पछिल्लो समयमा जापानमा प्रतिभावान कलाकारको निधन हुने क्रम बढ्दो छ । गत महिना मात्र अभिनेत्री सिइ आशिना मृत भेटिएकी थिइन् ।

त्यस्तै गत जुलाईमा हारुमा मिउरा र मेमा रेस्लिङ स्टार हाना किमुराको निधन भएको थियो । कोरोना महामारीसँगै सुरु भएको लकडाउनपछि जापानसँग विश्वका अन्य देशहरुमा पनि जीवन त्यागको दर उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...