होसियार : ज्यानै लिने रसायनयुक्त स्यानिटाइजर बजारमा



हाम्रो इकोनोमि

 

औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका स्यानिटाइजर विषाक्त रहेको भेटाएको हो ।बजारबाट संकलन गरेको नमूनाबाट राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणमा यस्तो पाइएको हो । ती कम्पनीका स्यानटाइजरको उत्पादन, प्रयोग र बिक्रीमा रोक लगाइएको छ ।

भदौ २७ देखि असोज १२ गतेसम्म देशभर भेटिएका १८ वटा विषाक्त स्यानिटाइजरमध्ये १५ कम्पनीका उत्पादनमा ज्यानै जानसक्ने विषाक्त मिथानोल मिसाइएको पाइएको छ । यस्तै तीन कम्पनीको स्यानिटाइजरमा विश्व स्वास्थ्य संगठनको र औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पुगेको छैन ।

मापदण्ड नपुगेका स्यानिटाइजरले उद्देश्यअनुरुप काम नगर्ने र विषाक्त रसायनयुक्त स्यानिटाईजरले स्वास्थ्य जोखिममा पर्ने विभागको भनाइ छ ।

स्यानिटाइजरमा मिसाइएको मिथानोल मानवीय प्रयोगका लागि होइन । यसले मानिसमा श्वासप्रश्वास, मुख, छाला, र आँखाको माध्यमबाट शरीरमा नाकारात्मक असरहरु देखा पर्छ । खोकी लाग्ने, टाउको  दुख्ने, रिंगाटा तथा वाकवाक लाग्ने, वान्ता हुने जस्ता असरहरु देखा पर्छ ।

यस्तै श्वास फेर्न अप्ठ्यारो हुने, छाला सुख्खा तथा रातो हुने  दृष्टि गुम्न सक्ने र मानिसको ज्यान समेत जानसक्ने विभागले प्रष्ट्याएको छ । मिथानोल प्रयोगशालाको परीक्षणका लागि मात्रै प्रयोग हुने उनले बताए ।यसअघि यस्तै पदार्थ मिसाइएको विषाक्त रक्सीका कारण मानिसको मृत्यु भएको विभागका सूचना अधिकारी केसीले बताए ।

 कुन-कुन रसायनयुक्त स्यानिटाइजर ?

विभागका अनुसार सिभिका कस्मेक्युटिकल्स लिमिटेडले उत्पादन हर्बलट्री ह्यान्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्यान्ड स्यानिटाइजर र क्लिन हृयाण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्टि्रज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट हृयाण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्यान्ड स्यानिटाइजर (पहेंँलो रङ्गको) र रङ्गबिनाका दुई सेनिटाइजर उद्योगका उत्पादनमा विषाक्त रसायन फेला परेको थियो ।

भक्तपुरको नेपाल क्याकल्प उद्योगले उत्पादन गरेको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको हाईजेनिक शोप एन्ड केमिकलले उत्पादन गरेको इन्स्ट्यान्ट हृयाण्ड स्यानिटाइजर ओर्जिनल, अधर केमिकल्स एण्ड फूड उद्योगले उत्पादन गरेको एड्भान्स ह्यान्ड स्यानिटाइजरमा पनि मिथानल मिसाइएको पाइएको थियो ।

यस्तै काठमाडौंकै सर्च छेम छुम हर्बल प्रोडक्टले उत्पादन गरेको इन्स्ट्यान्ट ह्यान्ड स्यानीटाईजर रिफ्रेजिङ जेल र सूर्यमूखी हर्बल प्रडक्टले उत्पादन गरेको सूर्यमुखी हृयाण्ड स्यानिटाइजरमा पनि विषाक्त रसायन मिथानल प्रयोग गरिएको पाइएको थियो ।

यस्तै चीनमा बनेको ओपकल नन वासिङ एन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड ह्यान्ड स्यानिटाइजर ६० एमएलमा विषाक्त मिथानलको प्रयोग भेटिएको थियो ।

काठमाडौंमा कारखाना रहेको यूनीकेयर इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ६५ एमएल र ललितपुरमा बनेको सासा इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर  ५० एमएलमा कम गुणस्तर पाइएको थियो । यस्तै आर केमिकल्सले पर्साले रि प्याकेजिङ गरेको खुम ह्यान्ड स्यानिटाइजर पनि कम गुणस्तरको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...