नेपालमा संक्रमित संख्या ७४,७४५ पुग्यो, आज १,३५१ जना थपिए



हाम्रो इकोनोमि

पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये आज १,३५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...