आज थप १४५९ जनामा कोरोना संक्रमण, ११ काे मृत्यु



हाम्रो इकोनोमि

 

 

मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस अवधिमा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ सय छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...