विश्वभर एकैदिन तीन लाख ८० हजार संक्रमित, पाँच हजार पाँचसय जनाको मृत्यु



हाम्रो इकोनोमि

 

एक दिनको अवधिमा विश्वभरि अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा आइतबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको छ। चौबीस घण्टाको अवधिमा संसारभरि तीन लाख ७९ हजार ९३० जनामा सङ्क्रमण देखिएको उसको भनाइ छ।

सो अवधिमा पाँच हजार पाँचसय जनाको मृत्यु भएको र संसारभरि मृत्यु हुनेको सङ्ख्या नौ लाख १७ हजार ४१७ पुगेको डब्ल्यूएचओले बताएको छ। भारत, अमेरिका र ब्रजिलमा सबैभन्दा बढी सङ्क्रमित थपिएका हुन्। अहिलेसम्म विश्वभरि दुई करोड ८० लाखभन्दा बढी मानिसमा कोभिड(१९ देखिएको छ। तीमध्ये आधा अमेरिकी महादेशमा छन्। यसअघि सेप्टेम्बर ६ मा तीन लाख छ हजार ८५७ सङ्क्रमित थपिएका थिए।

सबैभन्दा बढी सङ्क्रमित कहाँ ?
डब्ल्यूएचओका अनुसार आइतबार भारतमा ९४ हजार ३७२ जना, अमेरिकामा ४५ हजार ५२३ जना र ब्रजिलमा ४३ हजार ७१८ जना सङ्क्रमित थपिएका थिए। अमेरिका र भारतमा एक हजारभन्दा बढी मानिसको कोभिड(१९ सम्बन्धी रोगबाट मृत्यु भएको थियो भने ब्रजिलमा ८७४ जनाको मृत्यु भएको थियो। भारतमा अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित रहेका छन्।

गत साता भारतले अगस्ट एक महिनामा मात्रै त्यहाँ २० लाख सङ्क्रमित थपिएको बताएको थियो जुन महामारी सुरु भएयता एउटै देशमा एक महिनामा भएको सबैभन्दा बढी सङ्क्रमण हो। अगस्टमा भारतमा दैनिक औसत ६४ हजार सङ्क्रमित थपिएका थिए। उक्त सङ्ख्या जुलाईको भन्दा ८४ प्रतिशतले बढी थियो। त्यहाँ सेप्टेम्बर सुरु भएदेखि प्रत्येक दिन एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

ब्रजिलमा ४० लाखभन्दा बढी सङ्क्रमित छन् र त्यहाँ अहिलेसम्म एक लाख ३१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा संसारका सङ्क्रमितमध्ये झन्डै एकचौथाइ छन्। जुलाई महिनायता भने त्यहाँ दैनिक वृद्धि हुने सङ्क्रमित सङ्ख्या घट्दो क्रममा रहेको छ। अमेरिकामा अहिलेसम्म एक लाख ९४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अन्य देशको अवस्था कस्तो ?
यूरोपका देशहरूमा दैनिक सङ्क्रमितहरू बढ्न थालेपछि कोरोना भाइरसको अर्को लहरको चिन्ता थपिएको छ। यूके, फ्रान्स र स्पेनमा सङ्क्रमित सङ्ख्या बढ्दो क्रममा छन् भने जर्मनी र इटलीमा केही नियन्त्रित देखिएको छ। पेरु, इजरेल, दक्षिण कोरिया र अस्ट्रेलियामा पनि सङ्क्रमण बढिरहेको छ। न्यूजिल्यान्डमा भने सोमबारदेखि अकल्यान्ड सहरमा बाहेक अन्य स्थानमा प्रतिबन्धहरू फुकुवा गरिने भएको छ। इजरायलमा भने शुक्रबारदेखि पूरै देशमा लकडाउन गरिएको छ । (बीबीसी)

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...