दुई जना कोरोना संक्रमितको मृत्यु



हाम्रो इकोनोमि

 

कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं। ५ निवासी ४७ वर्षीया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको छ । मिर्गौला र उच्च रक्तचापको बिरामी ती महिलामा यही भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ का ५८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । ती पुरुषको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी दमको बिरामी थिए । उनमा यही भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...