मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण



हाम्रो इकोनोमि

 

रौतहटको मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण भइरहेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको र सम्भावित संक्रमितका लागि पूर्वतयारीको रुपमा आइसोलेशन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

मौलापुरस्थित लक्ष्मिनिया माध्यमिक विद्यालयमा २५ सैयाको सुविधासम्पन्न आइसोलेशन वार्ड यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी निर्माण गर्न लागिएको नगरप्रमुख रीनाकुमारी साहले बताइन् ।

यसभन्दा पहिले लकडाउनको समयमा क्वारेन्टाइन निर्माण गरी नगरवासीलाई सेवा प्रदान गरेको र अहिले स्थितिमा आइसोलेशन आवश्यक रहेको प्रमुख सागले जीकिर गरिन् ।

आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि एउटा समिति निर्माण गरिएको छ । आवश्यक पर्ने औषधि, संक्रमितले प्रयोग गर्ने सामान, मास्क, सेनिटाइजरसहित आवश्यकता बमोजिम अक्सिजन सिलिन्डर राखिने नगर उपप्रमुख गौरीशंकर जयसवालले जानकारी दिए । चिकित्सक, नर्स र दक्ष स्वास्थ्य जनशक्ति चौबीसै घन्टा तैनाथ रहने उनले बताए ।

कोरोना नियन्त्रणका लागि सरकारले तोकेको सबै मापदण्ड पूरा गरी आइसोलेशन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...