मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण



 

रौतहटको मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण भइरहेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको र सम्भावित संक्रमितका लागि पूर्वतयारीको रुपमा आइसोलेशन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

मौलापुरस्थित लक्ष्मिनिया माध्यमिक विद्यालयमा २५ सैयाको सुविधासम्पन्न आइसोलेशन वार्ड यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी निर्माण गर्न लागिएको नगरप्रमुख रीनाकुमारी साहले बताइन् ।

यसभन्दा पहिले लकडाउनको समयमा क्वारेन्टाइन निर्माण गरी नगरवासीलाई सेवा प्रदान गरेको र अहिले स्थितिमा आइसोलेशन आवश्यक रहेको प्रमुख सागले जीकिर गरिन् ।

आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि एउटा समिति निर्माण गरिएको छ । आवश्यक पर्ने औषधि, संक्रमितले प्रयोग गर्ने सामान, मास्क, सेनिटाइजरसहित आवश्यकता बमोजिम अक्सिजन सिलिन्डर राखिने नगर उपप्रमुख गौरीशंकर जयसवालले जानकारी दिए । चिकित्सक, नर्स र दक्ष स्वास्थ्य जनशक्ति चौबीसै घन्टा तैनाथ रहने उनले बताए ।

कोरोना नियन्त्रणका लागि सरकारले तोकेको सबै मापदण्ड पूरा गरी आइसोलेशन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्