स्व. पुर्वप्रधानमन्त्री मातृकाप्रसाद कोईरालाको स्वागतयोग्य काम



 

नेपाली सेनालाई आधुनिकिकरण गर्न भनेर प्रजातान्त्रिक नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाको कार्यकालमा रक्षा दलको बिद्रोहलाई कारक देखाएर नेपालको आग्रहमा सन् १९५२ मा भारतीय शैन्य मिसन नेपाल आएको भनिएको भए पनि त्यसको बीजारोपण भने राणाकालमा नै भईसकेको थियो भन्ने नेपाल स्थित भारतीय राजदूतको नेपाल सम्बन्धि नोटबाट प्रष्ट झल्कन्छ। भारत स्वतन्त्र हुनासाथ चीनको सत्तामा समेत माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको उदय भयो। त्यसलगत्तै तीब्बतमा माओका लालसेना प्रवेश गर्न थाले देखि नै भारतले उत्तरी हिमालयलाई आफ्नो सुरक्षा कवच ठान्न थाल्यो।
सन् १९५० को फेब्रुअरी महिनामा सम्पन्न नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको भारत भ्रमणका क्रममा उनी संग भारतका प्रधानमन्त्री जहवारलाल नेहरुको छलफलका लागि नेपाल स्थित भारतीय राजदूत सर सिपिएन सिंहले १८ फेब्रुअरी १९५० को मितिमा तयार गरेको ३पृष्ठ लामो र ३बुँदे ‘नोट’ को पहिलो बुँदामा उनले “नेपालको सुरक्षा लागि हामीले के गर्ने?” भन्ने प्रश्न सहित त्यसको बारेमा यसरी विस्तारमा लेखेका छन्।
सन् १९५० अक्टोबरमा तीब्बतमा माओका लालसेना प्रवेश गरि तीब्बतमा चिनियाँ नियन्त्रण शुरु हुनासाथ तीब्बती नागरिक भागेर क्रमशः भारत तर्फ आउन थाले त्यस्तै भारतले समेत चिनियाँ सेनाको अघिल्लो कारबाही भारत हो भनी भारत तर्सिन थाल्यो। त्यसपछि भारतको तत्कालीन आन्तरिक खुफिया एजेन्सी इण्टिलिजेन्स ब्युरो मार्फत भारत तीब्बत सीमामा मात्र नभई त्ययिबेला कस्मीर सहितका अन्य हिमाली राज्य सिक्किम , भुटान र नेपालमा समेत भारतले आफ्नो सुरक्षाफौज राख्ने योजना बनायो। भारतका अनुसार कस्मीर उनीहरुको आफ्नै हिस्सामा रहेको , सिक्किमको बाह्य सुरक्षा मामिला भारत संग रहेको , भुटान संग समेत भारत स्वतन्त्र हुनासाथ गरेको सन्धिले रक्षा मामिलामा भारत नै हावी हुनाले समस्या नपरेको भन्ने थियो।
( लेखक, सन्तोष कणेरी )
तर नेपाल संग भने अलिक जटिल थियो त्यसैले उक्त खुफिया योजना बन्दै गर्दाको बखतमा भारतको इण्टिलिजेन्स ब्युरोका उपप्रमुख नेपाल आई मोहनशमशेर संग भेट गरि मोहनशमशेरको भारत भ्रमणका क्रममा भएको सुरक्षा मामिला सम्बन्धि उठेको बिषय एवं नेपाल स्थिति भारतीय राजदूत सिपिएन सिंहले पहिले नै महाराज मोहनशमशेर संग गरेको छलफल अनुसार कुरा अगाडी बढाई सुरक्षा मामिलामा भारतको योजना सुनाएर उनको मनसाय बुझ्न भ्याईसकेका थिए। भारतको उक्त खुफिया योजना नोभेम्बर दोश्रो हप्ता भारतले पारित गरेर अगाडी बढ्दा नेपालमा घटनाक्रम अर्कै भईसकेको थियो तत्कालीन राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिईसकेका थिए र तत्कालका लागि नेपाललाई छाडेर भारत तीब्बत संग सीमा भएका अन्य हिमाली राज्यमा उक्त योजना कार्यान्वयन गर्न अगाडी बढ्यो।
चिनियाँ लालसेनालाई तीब्बतमा रोक्न र तीब्बत नाघेर अगाडी बढ्न नदिन भारतले सन् १९५० मा अगाडी सारेको रणनीतिकै हिस्सा थियो नेपालमा पहिले नेपाली सेनालाई आधुनिकिकरण गर्न भनी नेपाल प्रवेश गर्नु र पछि उत्तरी सीमामा तैनाथ हुनु। नेपालमा प्रजातन्त्र ल्याईदिएको ब्याज स्वरुप भारतले त्यतिबेला आफ्ना सेना उतारी उत्तरी सीमामा राख्न सफल भयो जतिबेला नेपालमा प्रधानमन्त्री पदमा मातृकाप्रसाद कोईराला थिए। तर उनीहरुको योजना र रणनीति अनुसार भने नेपालमा त्यतिबेलाको तत्कालीन परिस्थितिमा मातृकाप्रसाद कोईरालाको ठाउँमा अरु कोही नै रहेको भए पनि उनीहरु भारतीय सेना उतार्न सफल हुने थिए तर इतिहासमा त्यसको दोषको भार सधैं मातृकाप्रसाद कोईरालामा रह्यो।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : माधव नेपाल

     एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्

नेप्से- ४५ अंकले वृद्धि, सवा ५ अर्ब कारोबार

    शेयर बजारमा रौनक फर्किएको छ । बजार साताकाे पहिलाे कराेबार दिन

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण

ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ आरोपी सार्वजनिक

  ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न