त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु



हाम्रो इकोनोमि

 

 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।

थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।

सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...