उपत्यका आसपास ५ लाख पर्यटक भुलाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका आसपास पाँच लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटकीय उपजको खोजी गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

पर्यटन मन्त्रालयमा सोमबर नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक भुल्न सक्ने गरी पर्यटन पूर्वाधार (पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन) उपज सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

उनले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिए । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली, हिन्दी, चाइनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न समेत निर्देशन दिएका छन् ।

कार्यक्रममा भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न , कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन र विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम, निकुञ्जलगायत भर्चुअल टुरको सामाग्री तयार गर्न समेत उनले आग्रह गरेका छन् ।

उनले कोभिडका कारण पर्यटन व्यवसायी, पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न समेत पर्यटन बोर्डलाई निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।

उनले विभिन्न देशका रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन  क्षेत्रका संघ संस्थाहरुसग नेटवर्क विस्तार गर्न समेत आग्रह गरे ।

कोभिड-१९ ले सवबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गरे । उनले नेपालमा स्वास्थ्य, शिक्षा,खेलकुद पर्यटनको संभावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...