देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ।

नका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

प्रदेशगत विवरण
आज प्रदेश नम्बरमा १ मा १ हजार २ सय ४७, प्रदेश नम्बर २ मा २ हजार १ सय २, बागमती प्रदेशमा ४ हजार ३ सय ७० र गण्डकी प्रदेशमा ४ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ६० र सुदूरपश्चिम प्रदेशमा ९ सय ५६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना रहेका छन् ।

यसैगरी प्रदेश नम्बर १ मा १७ जना, प्रदेश नम्बर २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १६ जना गरी १ सय ४४ जना आइसियुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा ३ जना , बामगती प्रदेशमा १२ र प्रदेश नम्बर ५ मा २ गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रदेश नम्बरमा १ मा ४ सय ९०, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २, बागमती प्रदेशमा १ हजार ९ सय ५० र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ८०, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा ४९ गरी देशभरी होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना रहेका छन् ।

आज २ सय ६७ जना डिस्चार्ज भएका छन । जसमा प्रदेश नम्बरमा १ मा १ हजार ५ सय ६९, प्रदेश नम्बर २ मा ४ हजा।र ७ सय ४३, बागमती प्रदेशमा १ हजा २३ र गण्डकी प्रदेशमा १ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ४९, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ४८ गरी आजसम्म २० हजार ८ सय २२ जना संक्रमित डिस्चार्ज भएका छन् । देशभरीका क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...